निर्देशक हेरुका लामाद्धारा निर्देशित चम चम ३ को म्युजिक भिडियो सार्वजनिक

शनिबार, साउन २८, २०७९
0
197

काठमाडौं । मोडल एंव cनिर्देशक हेरुका लामाद्धारा निर्देशित चम चम ३ को
म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार बौद्धको पिपलबोटस्थित
सेकुवा जक्सनमा पत्रकार सम्मेलन गरि उक्त गीतको म्युजिक भिडियो सार्वजनिक
गरिएको हो ।

हेरुका लामाको अफिसियल युटुब च्यानल हेरुका लामा अफिसियलबाट बजारमा
ल्याएको उक्त गीतलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङले क्लिक गरी
भिडियोको रिलिज गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानायक दोङले चम चम -०३ गीतको म्युजिक
भिडियो राम्रो बनेको प्रतिक्रिया दिए । उनले हेरुका लामासँग सहकार्य गरेर
काम गरेको २ वर्ष भएको र हेरुकाले कामलाई गम्भीर र राम्रो ढंगले गरेको
बताए ।

निर्देशक एंव मोडल हेरुका लामाले भिडियोमा फरकपन ल्याउने कोसिस गरिएको
बताए । उनले तामाङ सांगीतिक क्षेत्रमा इट्टा थप्ने काम भएको बताए ।

“तामाङ सांगीतिक क्षेत्रलाई थप अघि बढाउन यो भिडियोले मद्धत गर्नेछ ,
तामाङ सांगीतिक क्षेत्रमा इट्टा थप्ने काम भएको हो भन्ने मलाई लाग्छ ।”
निर्देशक एंव मोडल लामाले चम चम गीतको सिरिज ६ सम्म आउने जानकारी समेत
गराए ।

प्रतीक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत
संयोजन, गायक बेनु लामा र गायिका सिर्जना स्याङ्तानले गाएकी हुन । दिपेश
प्रधानले मिक्सिङ गरेको गीतलाई स्टुडियो एचडिमा रेकर्ड गरिएको हो ।

हेरुका लामा, रश्मिला तामाङ, दिनेश लामा र सोनी गोलेको अभिनय समेटिएको
उक्त गीतको म्युजिक भिडियोलाई रोनिश तामाङ्ले छायांकन गरेका हुन भने
पेम्जोङ लामा र भारती तामाङले निर्माण गरेका हुन । हेरुका लामाले नै
कोरियोग्राफी र निर्देशन गरेको उक्त गीतलाई बज्र ङेसुरले सम्पादन र कलर
सम्पादन गरेका हुन । भिडियोमा कुइसाइ रुम्बा र कुमार लामालाई अतिथी
कलाकारको रुपमा देख्न सकिन्छ । बाल कलाकार सयाङ गोलेको पनि अभिनय
स्मेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here