गाेरखाका धन बहादुर गुरुङ टान उपाध्यक्षमा उम्मेदवार

आइतवार, साउन २९, २०७९
0
239
टानका लागि उपाध्यक्ष पदका उम्मेदवार धन बहादुर गुरुङ । तस्वीर राजेन्द्र न्याैपाने

काठमाण्डाै ।  टान पर्वतिय पर्यटन व्यवसाय संघ सम्बन्धित एक संस्था हो। जहाँ हाल १२४३ भन्दा बढी सकृय सदस्यहरु रहेकाछन भने अन्य नविकरण नभएका सदस्य समेत हेर्दा १८/१९ सय को हाराहारी मा छन्। पर्यटन व्यावसायी धन बहादुर गुरुङ्ग अध्यक्ष पदका उम्मेदवार निलहरि बास्तोला समुह बाट उपाध्यक्ष पदमा चुनाबमा भाग लिने भएका छन् ।

को हुन् त धन बहादुर गुरुङ?


गण्डकी प्रदेश भित्र पर्ने गोरखा जिल्ला अजिरकोट गाउँ पालिका वडा न-४ बाझे गाउँ मा जन्मेका उनी सानै देखि समाज गर्नु पर्छ,समाज परिवर्तन गर्नुपर्छ,सम्पुर्ण वर्गीय,जातिय रुपमा समान रुपमा अघि बढ्नु पर्छ भन्ने मान्यता राख्ने आफ्नो धर्म,सँस्कृति प्रति सधै गर्व गर्ने र जोगाउनु पर्छ भन्ने मिलनसार स्वाभावको व्यक्ति हुन् ।

विगत लामो समय देखि पर्यटन क्षेत्रमा आवद्द रहि काम गरेका र  एक सफल व्यवसायी, बौद्धिक,समाज कल्याणकारी भावना राख्ने,सकारात्मक परिवर्तनको लागि निरन्तर लागि पर्ने,समाजको एक जिम्मेवार व्यक्तित्व हुन । विगतका दिन देखि आज सम्म “मुटु फाउण्डेशन”सन्चालन गरी देशका विभिन्न जिल्लाहरु-: गोरखा ,लम्जुङ्ग , काभ्रे,सिन्धुपाल्चोक लगायतका जिल्लाहरुको स्वस्थ्य चौकीमा स्वस्थ्य सेवा सम्बन्धि सामाग्रीहरु उपलब्ध गरी विकट ठाउँको जनतालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपुर्ण भुमिका खेलेका छन् । त्यसै गरी पर्यटन व्यवस्थापन र गोरखाको माथिल्लो भेगको पर्यटन सम्भावित क्षेत्रहरुमा बाटोहरु बनाउने र सरसफाइ गरी प्राकृतिक रुपमा पर्यटन मय स्थल बनाइ स्थानीयको आय आर्जन वृद्धि गराउन सक्रिय छन् । गोर्खाको अजिरकोट गाउँपालिका हुँदै जाने नागे पोखरी बाटो,नागे हुँदै वारपाक लाप्राक जोड्ने बाटोहरु गुरुङकाे पहलमा निर्माण भएकाे छ ।

गुरुङकाे पहलमा भएकाे आँखा शिविर पछि अजिरकाेटका स्थानीय नागरिकहरु ।

उनी गोर्खा जिल्ला कै उत्कृष्ट समाज कल्याण संस्था मध्य को एक श्री भुमे जनकल्याण भुमे समाज को निवर्तमान अध्यक्ष पनि हुन  ।उनकै कार्यकालमा गोरखा लगायत का आसपासका छिमेकी जिल्लामा समेत चर्चा परिचर्चा हुने गरेको अजिरकोट गाउँ पालिका-४ मा पर्ने एतिहासिक धार्मिक सम्पदा झ्याल्ला भुमे मन्दिरलाई व्यवस्थापन गरि पुनः निर्माण गर्ने कार्य भैरहेको छ।जुन वैशाख १२ गतेको विनासकारी भुकम्पमा भत्किएको थियो।

गुरुङकाे सामाजिक कामकाे चर्चा गोरखामा मात्र नभएर देशका विभिन्न जिल्लामा पनि हुने गरेको छ । गुरुङलाइ आफ्नाे अमुल्य मत दिएर विजयी गराउन सबै टान प्रतिनिधिहरुलाइ आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here