गाेरखा । बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् । बाग्लुङ गलकोट ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।
रानामाथि चुमनुब्री ३ पामो(सिर्दिबास)की १४ बर्षीया बालिका बलात्कार गरेको आरोप लागेकाे छ । शनिबार अपरान्ह ५:३० बजे बारीमा तरकारी टिप्न गएकी बालिकामाथि बलात्कार गरेको घटनास्थलमै स्थानीयले अमल्दार रानालाई नियन्त्रणमा लिई प्रहरी चाैकी जगतमा जिम्मा लगाएका थिए ।
रानालाइ जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अहिले जाहेरी दिने तयारी भइरहेको पिडितका दाजुले जानकारी दिएका छन् ।





