राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार मा‌ओवादी केन्द्रमा प्रवेश

शुक्रबार, कार्तिक २५, २०७९
0
236

गोरखा।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गाेरखा क्षेत्र न २ काे ‘ख’ प्रदेशका राप्रपाका उम्मेदार सफिदिन मिया नेकपा माओेवादी केन्द्रमा प्रबेश गरेका छन् ।

आज जिल्लाकाे सिरानचाेक गाउँपालिकाकाे हर्मीमा आयाेजित गठबन्धनकाे चुनावी काेण सभामा माओवादी केन्द्रकाे अध्यक्ष प्रचण्ड बाट खादा लाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

गाेरखा क्षेत्र न २ काे ख प्रदेशका उम्मेदार सफिदिन मियाले एक प्रेस विज्ञप्ती जारी गर्दै शान्तिका नायक तथा आन्दाेलनका मियाे अध्यक्ष प्रचण्ड गाेरखा आउनु सम्पुर्ण गाेरखाबासीकाे गाैरबकाे विषय भएकाले स्थानिय माओवादी पार्टीहरुकाे अनुराेधलाई स्वीकार गरि आज देखि माओवादी पार्टी प्रबेश गर्दै गठबन्धनका दलहरुलाई सहयाेग गर्ने बाचा सहित माओवादी केन्द्र प्रवेश गरेकाे विज्ञप्तीमा भनेका छन् ।

प्रेस विज्ञप्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here