प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गोरखा कारागारमा रहेको ५ जनाले मात्र मतदान गर्ने भएका छन् ।
मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिने कार्यालयका प्रमुख गणेश प्रसाद भटराईले जानकारी दिए ।
उहाँका अनुसार हाल कारागारमा एक सय दुईजना कैदीबन्दी भए पनि मतदाता नामावलीमा ५ जनाको मात्र नाम छ । मतदाता नामावलीमा नाम भएकाले मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
कारागारमा ९४ पुरुष र ८ जना महिला कैदीबन्दी रहेको जिल्ला कारागार गोरखाका प्रमुख भटराईले बताउनुभयो । गोरखा जिल्लामा तिन सय १७ मतदान केन्द रहेका छन् ।
जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदाता अधिकृत गरी छ सय ४८ जना कर्मचारी खटाइने निर्वाचन कार्यालय गोरखाले जानकारी दिएकाे छ ।






