पालुङटार एयरपोर्ट बनाएर पाइलट तालिम केन्द्र बनाउने सोच

मङ्लबार, कार्तिक २९, २०७९
0
166
पालुङटारमा प्रचण्ड लगायका नेताहरुलाइ स्वागत गर्दै हवाइग्राउण्ड क्षेत्रका नागरिकहरु ।

राजेन्द्र न्यौपाने
गोरखा (पालुङटार) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पालुङटार एयरपाेर्ट निर्माण गरी तालिम केन्द्र बनाउने साेच अघि बढाएका छन् । उनले साेमबार पालुङटार स्थित ठाँटीपाेखरीमा आमसभालाइ सम्बाेधन गर्दै यस क्षेत्रकाे विकास लागि एयरपाेर्टकाे विकास सम्ब्नधमा नागरीक उड्यन प्राधिकरणसँग कुराकानी भइरहेकाे बताएका हुन् । एयरपाेर्ट कालाेपत्रे गर्ने काम तत्काल अघि बढ्ने र यहाँका बाटाेघाटाेका समस्या समाधान गरिने उनले बताए ।

आज गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सम्झौता र सहमति भन्ने कुरा युद्धरत पक्षहरु बीचमै हुने हो, आमने सामुने बसेर लड्नेहरुकै बीच हुने हो, सहमति हुने विमति राख्नेहरुकै बीचमा हो । एउटै मत राख्ने बीचमा हुने सहमति र सम्झौताले देशलाई निकास दिँदैन । त्यसकारण नेपाली काँग्रेस र वामपन्थीहरुको वीचमा भएको सहमतिले मात्र अर्थ राख्दछ।’

माओवादी प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झौतादेखि गठबन्धन सुरु भएको उनको भनाइ छ । सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हतौडामा छाप लगाएको बताए ।

अध्यक्ष प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झौतादेखि गठबन्धन सुरु भएको बताए। चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको उल्लेख गरे। उनले सो ऐतिहासिक आधारमा दुई दलको गठबन्धन रहेको बताउँदै अहिले कांग्रेस मतदाताले हसिँया हथौडामा छाप लगाउने कि नलगाउने भन्दै प्रश्न गरे।

उनले राष्ट्रको ऐतिहासिक आवश्यकता र महत्वलाई ध्यान दिएर अहिलेको गठबन्धन बनेको बताए । प्रचण्डले भने, ‘यो देशमा जहिलेसम्म संविधानमाथि खतरा हुन्छ,जहिलेसम्म अराजकता रहन्छ त्यो बेलासम्म यो गठबन्धन रहन्छ । यो गठबन्धन प्रतिगमनको खतरा रहँदासम्म यो गठबन्धन रहन्छ । त्यो दश पन्ध्र वर्षसम्म पनि कायम रहन सक्छ । यो गठबन्धनलाई दृढतापूर्वक समर्थन गर्न आग्रह गर्छु ।’

उनले गोरखाका आफ्नो उम्मेदवारी अवसर र चुनौतीको रुपमा रहेको बताउँदै शान्ति, आर्थिक विकास र समृद्धिको अभियान गोरखाबाट सुरु गर्न आफ्नो उम्मेदवारी रहेको बताए । त्यसका लागि कांग्रेसले आफूलाई सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । प्रचण्डले गोरखाबाट गरिएको विकास र समृद्धिको यात्रा देशभरि नै देखिने गरी काम गर्न आफू गोरखा आएको बताए।
हिजो युद्धका क्रममा राज्य पक्षबाट र विद्रोही माओवादीको तर्फबाट पूरै जित्ने अवस्था नरहेको,युद्ध लम्ब्याउँदै गर्दा ५० हजारबढीको मृत्यु हुने अवस्था समेत रहने र विदेशी सेना आएर हस्तक्षेप गर्ने अवस्थामा माओवादी र कांग्रेस मिलेर शान्ति प्रक्रिया सुरु गरेको बताए।
त्यो परिस्थितिलाई शान्तिपूणर् अवस्था ल्याउन विस्तृत शान्ति सम्झौता नगरेको भए देश गम्भीर दुर्घटनामा जाने अवस्था आउने र त्यस्तो परिस्थितिबाट देशलाई शान्तिको युगतर्फ ल्याउन कांग्रेस तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूले भूमिका खेलेको बताए । उनले कोइराला शान्तिको नायक रहेको बताउँदै कांग्रेस नेता पौडेलले आफूलाई शान्ति र क्रान्तिका नायक भनेकोमा खुसी व्यक्त गरे।
पालुङटार एयरपोर्ट बनाएर पाइलट तालिम केन्द्र बनाउने सोच
कार्यक्रममा प्रचण्डले गोरखामा गेमचेन्जर आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत आयोजना रहेको उल्लेख त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाए। गोरखामा सडक सञ्जालबाट गोरखालाई समृृद्ध बनाउने, यहाँका टारहरुमा सिचाइको सुविधा पुर्‍याएर आर्थिक विकास गर्ने, हिमालीय पर्यटनको विकास, जडिबुटी प्रशोधनबाट यहाँका जनताको आर्थिक विकास गर्न सकिने, गोरखकाली रबर उद्योगलाई सञ्चालन गरेर यहाँको युवाहरुलाई रोजगारी दिन पहल गर्ने बताए।
उनले पालुङटारमा एयरपोर्ट बनाएर पाइलट तालिम केन्द्र बनाउने सपनासमेत सुनाए। उनले आफूले गोरखामा घरदैलो गर्दा यहाँका जनताको चाहना सबै बाटो कालोपत्रे होस् भन्ने चाहना रहेको बताउँदै आफूले पहिलो काम गर्ने प्रतिज्ञा गरे। उनले प्रत्येक वडामा कालोपत्रे बाटो लगेर पालुङटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने उल्लेख गरे।

उनले युद्धका क्रममा मारिएका कांग्रेसका नेता कार्यकर्ताको नाममा स्मारक बनाउने बारेमा विधेयक अघि बढाइएको उल्लेख गर्दै ओलीले संसद विघटन नगरेको भए सो विधेयक पास भइसक्ने उल्लेख गरे। उनले माओवादी युद्धका क्रममा माओवादीका कारण ज्यान गुमाउन बाध्य भएकाहरूको परिवारलाई भेटेर कुरा गर्न चाहेको उल्लेख गरे। उनले गठबन्धनलाई कमजोर बनाउने स्वतन्त्र उम्मेदवारको कुरा नसुन्नसमेत आग्रह गरेका छन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here