गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालमा दुई
गठबन्धनहरुको आमनेसामने मंंसिर ४ गते हुने बताएका छन् । नेपालमा यतिबेला संविधानको रक्षाको
गर्ने, विकास र समृद्धिका लागि अघि बढेको गठबन्धन र प्रतिक्रियावादीहरुबीचको गठबन्धनको
आमनेसामने मंसिर ४ गते हुने बताए ।
गोरखामाआयोजित गठबन्धन दलहरुको चुनावी जन–भेला तथा कोणसभा कार्यक्रमलाई
सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले मुलुकमा दुई खाले गठबन्धन छन् । संविधानको, लोकतन्त्रको,
गणतन्त्रको रक्षा गर्नेहरुको गठबन्धन र त्यसलाई उल्टाउन चाहनेहरुको गठबन्धन बनेको बताए ।
प्रचण्डले भने, ‘महिला, दलित, आदिवासी, जनजाती, मुस्लिम, मधेसीको पहिचान र अधिकारसहित
घोषणा गरेको संविधानको रक्षाको पक्षमा हाम्रो गठबन्धन भने अर्काे गठबन्धन यो संविधानलाई कुनै न
कुनै रुपले विघटन गराउन चाहन्छ । समावेशी, समानुपातिक मान्यतालाई उल्टाउन चाहन्छ ।
गणतन्त्रप्रति नकारात्मक धारणा राख्छ भने फेरि पनि नेपालमा शामन्ति र निरंकुशतासहितको राजतन्त्र पुनःस्थापना
गर्न चाहनेहरुको गठबन्धन बनेको छ ।’ उनले भने, ‘हाम्रो गठबन्धनमा पाँच दल छौं । अर्काे
गठबन्धनमा कहिले बढ्छन्, कहिले घट्छन् ।’
यी दुई वटा गठबन्धन मंसिर ४ गते आमने सामने हुने भन्दै नेपाली जनताले प्राप्त गरेको संवैधानिक
अधिकारको रक्षा गर्ने गठबन्धन या जनताको अधिकार खोस्न खोज्ने गठबन्धन कसलाई रोज्ने भन्ने
नेपाली जनताको हातमा रहेको उल्लेख गरे । उनले नेपाली जनता सचेत भइसकेकाले जनताले अग्रगमनकारीलाई नै मतदान गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले चितवन र गोरखाको सम्बन्ध गाउँबेशी जस्तो भएको भन्नु हुँदै गोरखाली पार्टी, यहाँका
जनता र गठबन्धनका नेताहरुको समेत चाहना अनुरुप आफूले गोरखाबाट उम्मेदवारी दिएको पनि स्पष्ट
गरे । जनक्रान्तिको तयारीमा मुख्य आधार गोरखालाई भएको भन्दै अब हुने विकास समृद्धि
अभियानसहितको आर्थिक क्रान्ति पनि गोरखाबाट नै सुरु गर्ने बताए ।






