इच्छा विपरित लाेला हान्नेलाइ कारवाही हुन्छ : गाेरखा जिल्ला प्रशासन

बिहिबार, फाल्गुन १८, २०७९
0
188
तस्वीर ः जिल्ला प्रशासन कार्यालय गोरखा ।

गाेरखा । फागुन पूर्णिमाका दिन कसैकाे इच्छा विपरित लाेला हान्ने , रङ दल्नेलाई जिल्ला प्रशासन कार्यालय गोरखाले कारवाही गर्ने भएको छ ।

गाेरखाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बुधवार एक विज्ञप्ती जारी गर्दै कसैको इच्छा विपरित लोला हान्ने तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेमा कडा भन्दा कडा कारवाही गरिने बताए ।

वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने खालका केमिकल, रङ्गिन बस्तुहरु, प्लास्टिकजन्य सामग्रीको प्रयोग नगर्न नगराउन पनि प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।

पर्वलाई हर्सोउल्लासका सामाजिक सद्भभावका रुपमा   मनाउन प्रशासन कार्यालयले जिल्लाबासीलाइ  अनुरोध गरेको छ । फागु पूर्णिमा पहाडमा २२ गते र तराइमा २३ गते हुने पञ्चाङमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here