४ जेठ, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाका ऐतिहासिक सँरचनाको सँरक्षणका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।
आज विहान गोरखाको ऐतिहासिक धार्मिक स्थल गोरखनाथ र गोरखा कालिकाको स्थलगत अवलोकन क्रममा उहाँले पुर्ननिर्माणको काम छिटो गरी सक्न निर्देशन दिए
कार्यक्रममा गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि प्रसाद भुषालले भएका कामहरुको बारेमा जानकारी गराएका थिए ।
मुख्य मन्त्रि पाण्डेले यस क्षेत्रको प्रचारप्रसार र सम्बधर्नका लागि गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममा राखेर सम्बोधन र सहयोग गर्ने बताए ।






