गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिका-४ लाप्राकका युक्त गुरुङ ( पुरे ) , सुमन गुरुङ्ग, बिस बहादुर गुरुङ्ग र सन्दिप गुरुङ्गले विश्वकै अग्लो हिमाल सगरमाथा ( Mt.Everest ) सफलता पुर्वक आरोहण गरेका छन् ।

लामाे समयदेखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएका उनीहरु जेठ २ गते सगरमाथा चुचुराेमा पुगेका हुन् । एउटै गाउँका चार जनाले एकसाथ सगरमाथा आराेहण गरेका हुन् ।









