राजनैतिक कार्यक्रममा भाग नलिन गण्डकी गाउँपालिकाद्वारा शिक्षकहरुलाइ सूचना प्रकाशन

मङ्लबार, भदौ १९, २०८०
0
94

भदाै, १९ गाेरखा । गोरखाको गण्डकी गाउँपालिकाले आफ्ना शिक्षकहरुलाई राजनैतिक कार्यक्रममा सहभागी हुन नपाउने भनेको छ । पालिकाले सूचना जारी गर्दै त्यस्ता कार्यक्रममा सहभागीता नजनाउन भनेको हो ।

पालिकाले हिजो (सोमबार) एक सूचना जारी गर्दै ‘शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षकहरु तथा निजामति सेवा नियमावली २०५० ले निजामती कर्मचारीहरु कुनै पनि प्रकारको राजनैतिक गतिविधिमा संलग्न हुन नपाउने तथा सो गरेको पाईएमा विभागिय सजायको समेत ब्यवस्था गरेको’ भन्दै स्मरण गराउदै कार्यक्रममा सहभागी नहुन भनेको हो ।

पालिकाले पछिल्लो समय राजनैतिक कार्यक्रम बिद्यालयमा नै आयोजना गरीदा विद्यार्थीहरुको पढाईमा समस्या आएको भन्दै जारी सूचनामा ‘बिद्यालयलाई आयोजना स्थल बनाई राजनैतिक कार्यक्रम आयोजना गर्न पनि नपाईने कानूनी ब्यवस्था’ रहेको स्मरण गराउदै ‘बिद्यालय तथा बिद्यार्थीहरुालई राजनैतिक कार्यक्रमबाट शैक्षिक गुणस्तरमा पर्न सक्ने प्रभावको बारेमा संवेदनशिल भईदिनुहुन’ भनेको छ ।

पछिल्लो समयमा विभिन्न राजनैतिक दलका कार्यक्रमहरुमा गण्डकी गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा कार्यरत शिक्षकहरुको संलग्नता एवं सहभागिता एवं राजनैतिक क्रियाकलाप केन्द्रित कार्यक्रममा बिद्यालय भवनको प्रयोग सम्वन्धी सूचना तथा फोटोहरु सामाजिक सञ्जालहरुमा तथा कार्यालयलाई समेत प्राप्त हुन आएकोमा पालिकाले आफ्नो गंम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले हस्ताक्षर गरेको बिज्ञप्तीमा ‘गाउँपालिका भित्र कार्यरत सम्पूर्ण शिक्षकहरुलाई हुने पनि राजनैतिक कार्यक्रमहरुमा सहागीता नहुनु हुन सूचना गर्दछ’ भन्दै त्यस्तो कार्यक्रममा सहभागीता जनाएको ‘प्रमाण सहित यस कार्यालयमा पशे हुन आएमा प्रचलित कानुन बमोजिम कारवाहीको भागिदान हुनुपर्ने’ भनेको छ ।

‘गाउँपालिका भित्रका कुनै पनि बिद्यालय राजनैतिक कार्यक्रमहरुमा प्रयोग हुन नदिन तथा सो गरेको पाईएमा सम्वन्धित बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष जिम्मेवार हुने गरि आवश्यक प्रक्रिया अघि बढाईने पनि जारी सूचनामा भनिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here