केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पारित

सोमवार, भदौ १८, २०८०
0
96

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

स्वीकृत भएसँगै विधेयकमाथि संशोधन पेश गर्न चाहने सांसदहरुले संघीय संसद् सचिवालय सिंहदरबारमा संशोधन हाल्न सक्ने सभामुख देवराज घिमिरेले जानकारी गराए ।

बैठकमा सभामुख घिमिरेले एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधि सभा र आफ्नो व्यक्तिगत तर्फबाट शुभकामना व्यक्त गरे । प्रतिनिधि सभाको अर्को बैठक भदौ २१ गते विहीबार दिउँसो १ बजे बस्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here