गाेरखा । प्रसिद्ध शक्तिपिठ मनकामना मन्दिरकाे आँगनमा बत्ती बाल्ने घर बनाउन थालिएकाे छ । झापा घर भएका भक्तजन र दानपेटिकाबाट प्राप्त रकमले बत्तीबाल्ने, हाेम हाल्ने र जुत्ता चप्पल राख्ने घर बनाउन लागिएकाे मनकामना क्षेत्र विकास समितिका अधिकृत लेविन्द्र गुरुङले जानकारी दिए ।
मनकामना मन्दिरका आँगनमा घर बनाउन नहुने भनेर स्थानीयहरुले विराेध गरीरहेका छन् , मन्दिरमा हाेम हाल्ने घर नहुँदा भक्तजनलाइ समस्या छ, सार्वजनिक जग्गा अधिकाँशले अधिग्रहण गरेका छन्, अन्यत्र ठाउँ नपाएपछि आँगनमा बनाउन थालिएकाे उनले बताए ।
स्थानीय र बाहय भक्तजनहरुका अनुसार मनकामनाकाे आँगनमा मन्दिर छेकिने गरेर सँरचना बनाउनु शाेभनिय नभएकाे र यसलाइ तत्काल भत्काइनुपर्ने बताएका छन् । पुरातत्व विभागसँग कुनै पनि समन्वय नगरी भक्तजनले बनाइदिन्छु भन्दैमा मन्दिरकाे आँगनमा सँरचना बनाउन नपाइने पुरातत्व विभागका महानिर्देशक साैभाग्य प्रधानाङ्गले बताइन ।






