काठमाण्डाै । काठमाण्डाै महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालकाे डेँगु सँक्रमणका कारण निधन भएकाे छ ।
डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको कांग्रेस नेता सुशील भट्टले बताए । रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं – ७ का क्षेत्रीय सभापति हुन् । उपचारका क्रममा उनकाे ग्रान्डी अस्पतालमा निधन भएकाे हाे । रिजालमा डेँगुसँगै निमाेनिया समेत देखिएकाे थियाे ।






