युवा वैज्ञानिकहरुलाई प्रस्तावना पेश गर्न आह्वान

आइतवार, भदौ २, २०८१
0
132

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रमका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रतिष्ठानले चालु आ.व. २०८१/०८२ मा युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत आइतबार यससम्बन्धी सूचना प्रकाशित गरेको हो ।

प्रतिष्ठानबाट विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुक युवा वैज्ञानिक एवं प्राविधिज्ञहरूले सूचना प्रकाशित भएको मितिले २१ दिन कार्यालय समयभित्र आफूले गर्न चाहेको अनुसन्धान प्रस्ताव प्रतिष्ठानको केन्द्रीय कार्यालय ललितपुरमा पेस गर्न आह्वान गरिएको छ। सूचनाको अन्तिम म्यादसम्ममा आवेदकको उमेर ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ

अनुसन्धान अनुदानका लागि बजेटको अधिकतम सीमा व्यक्ति/समूहगतको अनुसन्धानका लागि पाँच लाख रुपैयाँ, संस्थागतको लागि दश लाख रुपैयाँ र बहु विधागतको लागि बाह्र लाख रुपैयाँसम्म रहेको छ ।

माध्यमिक विद्यालय स्तर (विज्ञान कक्षा १२) का विद्यार्थीहरूबाट गरिने अनुसन्धानका लागि पचास हजार रुपैयाँ र क्याम्पस स्तर (विज्ञान तथा प्रविधि विषयमा स्नातक) विद्यार्थीहरूले गर्ने अनुसन्धानका लागि एक लाख रुपैयाँ र वैज्ञानिक समाज, प्रविधि समाज र संस्थाहरूले गर्ने अनुसन्धान वा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि एक लाख रुपैयाँ सम्म अधिकतम बजेट सीमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here