सीमा र जयको तिज गीत ‘श्रीमान् श्रीमती’ सार्वजनिक

आइतवार, भदौ २, २०८१
0
156

काठमाडौँ । सीमा थापा र जय देवकोटाको तीज गीत ‘श्रीमान् श्रीमती’ सार्वजनिक गरिएको छ । गीतमा सागर बिसीको शब्द, संगीत छ । गीतमा स्वर गायिका सीमा थापा र ओम सेन्चुरीको रहेको छ । संगीत संयोजनको काम भने हेमन्त शिशिरले गरेका छन् । गीतमा श्रीमान् र श्रीमतीका कुराहरू समेटिएका छन् ।

गीतको भिडिओमा सुरेश कोहली र उषा सुवेदीको अभिनय रहेको छ । महेश महराले खिचेको भिडिओ अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

प्रवीण थापाले निर्देशन गरेको भिडियो सीमा थापा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गायिका सीमा र गायक जयको यसअघि तिज गीत ‘नाटकै बढी मायालु’ आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here