गोरखा सँग्रहालय झण्डै ११ लाखले अवलोकन गरे

बुधबार, कार्तिक ७, २०८१
0
169

राजेन्द्र न्यौपाने
७ कार्तिक, गोरखा । मुलुकमा गणतन्त्र आएसँगै २०६५ सालमा सर्वसाधारणका लागि खुला गरिएको गोरखा सँग्रहालयको असोज मसान्त सम्म १० लाख ८७ हजार ४८५ जनाले अवलोकन गरेका छन् ।
हालसम्म १० लाख ७१ हजार ६३ जना नेपाली, ८८३ जना सार्क राष्ट्रका नागरिक र १४ हजार १३२ जना विदेशीले गोरखा सँग्रहालयको अवलोकन गरेका गोरखा सँग्रहालय प्रमुख जयनारायण कार्कीले बताउनुभयो ।

पर्यटकहरु र उनीहरुले बोक्ने क्यामेरा वापत राजश्व सँकलन हुँदै आएको थियो । ०६५ साल देखि हाल सम्म कुल तीन करोड ७६ लाख, ३६ हजार ७५४ रुपैयाँ राजश्व सँकलन भएको छ । नेपालीहरुका लागि आर्थिक वर्ष ०७४।०७५ बाट क्यामेराको चार्ज लिन छाडिएको छ ।

पुरातात्विक महत्वको सँरचनाको रुपमा रहेको गोरखा सँग्रहालयमा नेपाल राज्य एकीकरण समयकालका अभिलेख तथा तस्वीरहरु रहेका छन् । पछिल्लो समय विभिन्न जातजातिका भेषभुषा, उनीहरुले अपनाउने पेशाका आकृतिहरु समेत सँग्रहालयमा राखिएको छ ।

२०६५ साल जेठ १९ गतेका दिन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सँग्रहालय सर्वसाधारणको लागि खुला भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here