गाेरखा । आइतवार परेको चट्याङ लागेर गोरखामा तीन जना घाइते भएका छन् । शहिद लखन गाउँपालिका–१ बक्राङका ४२ बर्षीय राजु खनाल, पालुङटार नगरपालिका–७ का ५० बर्षीया सुकमाया आले र उनकी बुहारी १८ बर्षीया विपना आले घाइते भएको प्रहरीले जनाएको छ ।
घरमा रहेकाे अवस्थामा चट्याङ लागेर उनीहरु घाइते भएका थिए । चट्याङका कारण वेहोस भएका खनालकाे गोरखा अस्पतालमा , सुकमाया र उनकी बुहारी विपनालाई उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयाे ।





