गोरखा नगरपालिकामा ३ करोड ६५ लाख ५० हजार रुपैयाँ रकमान्तर

मङ्लबार, बैशाख २३, २०८२
0
150

राजेन्द्र न्यौपाने
२३ वैशाख, गोरखा । आर्थिक वर्षको कारोवार सकिन दुई महिना बाँकी रहँदा गोरखा नगरपालिकाले विशेष नगरसभा गरेर ३ करोड ६५ लाख ५० हजार रुपैयाँ रकमान्तर गरेको छ ।
कार्यपालिकाले रकमान्तर र हेरफेर गरेका योजनाहरु अनुमोदन गर्ने उदेश्यले विशेष अधिवेशन गरेको थियो ।
४ करोड २० लाख नगद मौज्जाद कोषको पैसा बजेटमा थप भयो, त्यसले गर्दा विनियोजन विद्ययेक संशोधन भयो,’ नगरसभाका सदस्य सचिव समेत रहेका प्रमुख प्रशासकीय अधिकृत खनालले भन्नुभयो ।

बजेट विनियोजन गरिएर पनि विभिन्न कारणले खर्च हुन नसकेका, बजेट नभएर पनि खर्च भइसकेका, कम खर्च गरेर पनि पुग्ने लगायतका योजनाहरुमा रकमान्तर गरिएको खनालले बताउनुभयो ।

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदलाई ७ लाख बजेट व्यवस्था गरिएको गोरखा नगरपालिकाले जनाएका छ ।
यसैगरी गोरखा नगरपालिकाले हाल मनाइरहेको पर्यटन वर्षको लागि ३० लाख बजेट थप गरिएको छ । यस अघि हिउँदे अधिवेशनले नै संशोधन गर्ने चर्चा भएपनि पछि योजनाहरु हेरफेर भएकाले फेरी विशेष सभा गरेर कानूनी मान्यता प्रदान गरिएको नगरपालिकाले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here