काँग्रेसमा अधिवेशनकाे चटाराे, पालिका सभापतिमा घम्साघम्सी, धार्चे र चुमनुब्रीमा एकल उम्मेदवार

बिहिबार, असाेज ७, २०७८
0
360

गाेरखा । नेपाली काँग्रेकाे १४ औँ महाधिवेशनका लागि प्रतिनिधि छनाैटका कामहरु धमाधम भएकाे छ । काँग्रेस वडा अधिवेशन सकाएर यतिबेला असाेज ९ गते पालिकाकाे अधिवेशनमा जुटेकाे छ । त्यसपछिका अधिवेशनकाे टुंगाे पछि लागि नेपाली काँग्रेस पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले बताएका छन् ।

अधिवेशनमा शिक्षकहरुकाे प्रयाेग किन ?

गाेरखा जिल्लामा भएकाे नेपाली काँग्रेसकाे वडा अधिवेशनमा अधिकाँश स्थानमा शिक्षकहरु परिचालन गरिएकाे छ । पालिकाकाे अधिवेशनका लागि पनि पालिका फरक पर्ने गरी शिक्षकहरुलाइ मतदान अधिकृत ताेकिएकाे छ । शिक्षकहरुलाइ किन मतदान अधिकृत ताेकिएकाे हाे भन्ने प्रश्नमा केन्द्रबाट गाेरखाका लागि खटिएका निर्वाचन अधिकारी देव बहादुर महतका अनुसार पार्टीका जन वर्गिय सँगठनहरुलाइ परिचालन गर्ने क्रममा अनुभवका आधारमा शिक्षकलाइ परिचालन गरिएकाे हाे । कर्मचार सँघ, प्रेस युनियनमा जनशक्ति नभएका कारण शिक्षकहरु परिचालन गरिएकाे उनले बताए । धेरै जनशक्ति चाहिने भएकाले पनि शिक्षकहरुलाइ परिचालन गर्न सजिलाे भएकाे उनले बताए ।

गाेरखाका ११  मध्ये ९ पालिकामा सभापति पदका लागि घम्साघम्सि

नेपाली काँग्रेसकाे पालिका सभापति पदमा चुमनुब्रि र धार्चे बाहेकका नाै वटा पालिकामा प्रतिस्पर्धा हुने देखिएकाे छ ।

गाेरखा नगरपालिलकामा चन्दनबाबु खत्री, डिल बहादुर थापा मगर, प्रविन तिवारी मैदानमा देखिएका छन् । मनाेनयन गर्ने दिन सम्म चन्दनबाबु खत्री समक्ष थापा र तिवारीले समर्थन गर्न सक्ने काँग्रेस शुभ चिन्तकहरुकाे भनाइ छ ।

सिरान्चाेक गाउँपालिकामा वीर बहादुर थापा, जयकृष्ण ढकाल , ज्ञानेन्द्र गुरुङ, र भक्त गुरुङ वीच प्रतिष्पर्धा हुने देखिएकाे छ । यस पालिकामा जेष्ठताकाे आधारमा वीर बहादुर थापालाइ पार्टी सभापति बनाउने तयारीमा अधिकाँश क्षेत्रिय प्रतिनिधिहरु जुटेकाे साे क्षेत्रका काँग्रेस नेता बताउँछन् ।

अजिरकाेट गाउँपालिकामा तयराज गुरुङ निर्विराेध चयन हुने भएका छन् । उनीसँगै जङ्ग बहादुर गुरुङ र राेशन गुरुङले पनि सभापति हुने इच्छा व्यक्त गर्दै गफगाफ गर्न थालेका छन् । तयराज गुरुङकाे जनमत धेरै भएका कारण उनी मनाेनयन गर्ने समय सम्म निर्विराेध हुने त्यस क्षेत्रका काँग्रेस नेताहरु बताउँछन् । गुरुङ यस घि नेपाल शिक्षक सँघकाे जिल्ला अध्यक्ष भएर  शिक्षकहरुकाे नेतृत्व गरेका व्यक्ति हुन् भने हाल अजिरकाेट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रहेका छन् । पार्टि सभापति भएर आगामि स्थानीय तहकाे निर्वाचनमा पालिका अध्यक्षमा उठ्ने तयारी गुरुङकाे रहेकाे पारिवारीक स्राेतकाे भनाइ छ ।

पालुङ्टार नगरपालिकामा अमर धिताल निर्विराेध पार्टी सभापति हुने भएका छन् । विद्यार्थि आन्दाेलनबाट आएका धिताल गाउँमा रहेर बाख्रा पालन व्यावसाय गर्दै आएका छन् । उनीसँग पार्टी सभापति हुनका लागि विमल ढकालले पनि रहर गरेका छन् ।

गण्डकी गाउँपालिकामा हाेम बहादुर राना पार्टी सभापति हुने देखिएकाे छ । पालिका अध्यक्ष समेत रहेकाे राना जनजाति वृतमा रुचाइएका व्यक्ति भएका कारण उनैलाइ फेरी स्थानीय तहकाे पालिका टिकट समेत दिने तयारी काँग्रेसमा रहेकाे छ । पार्टी सभापतिका लागि दिनेश पन्तले समेत आफूले पाउनुपर्ने दावी गरेका छन् । चुनावी मैदानमा उत्रता थाेरै मत प्राप्त हुने भएले निर्वाचन सम्म पुग्ने सम्भावना कमजाेर देखिएकाे छ ।

शहिदलखन गाउँपालिकामा वडा नम्बर ८ का वडा अध्यक्ष काशिनाथ अँगाइ काँग्रेसकाे सभापति हुने भएका छन् । विभिन्न पेशा व्यावसायमा रहेका उनी पार्टी सभापतिमा विजयी भएर आगामी स्थानीय तहकाे निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । स्थानीय तहकाे निर्वाचनकाे मतकाे अ‌ङ्कभार जाेड घटाउ गरिरहेका अँगाइलाइ कुनै पनि हालतमा पार्टी सभापति हुनबाट कसैले पनि राेक्न नसक्ने उनका भाइखलकका एक पार्टी सदस्यले जानकारी दिए । अँगाइले सबैभन्दा पहिले सभापति पदका लागि उम्मेदवारी घाेषणा गरेका थिए । त्यस बाहेक मदन लम्साल र श्रीकृष्ण ढकालले समेत सभापति हुन पाए हुने भनेर रहर गरेकाे काँग्रेसले जनाएकाे छ ।

भीमसेन थापा गाउँपालिकामा आगामी स्थानीय तहकाे  निर्वाचनमा पालिका अध्यक्षकाे दावेदार रहेका हाल वडा नम्बर ८ काे वडा अध्यक्ष रहेका बासु थापा काँग्रेसकाे सभापति हुने भएका छन् । उनीसँगै प्रतिष्पर्धा गर्न वडा नम्बर ३ का वडा अध्यक्ष नारायण भट्टराइ तम्सिएका छन् ।

आरुघाट गाउँपालिका सभापतिमा अहिले जिल्ला समन्वय समितिका सदस्य रहेका राजु गुरुङ चुनिने भएका छन् । पालिकामा केही युवाहरुले रहर गरेपनि उनीसँग प्रतिष्पर्धा गर्ने अहिले सम्म नदेखिएकाे आरुघाटबाट काँग्रेस कार्यकर्ताले जानकारी दिए ।  आन्दाेलनबाट स्थापित भएका स्थानीय नेता भएका कारण उनि सभापति हुने सुनिश्चित रहेकाे उनले बताए ।

बारपाक सुलिकाेट गाउँपालिकामा जीत बहादुर घले,  केशरी ढकाल, निर्मल धितालले पनि पार्टी सभापति हुने रहर गरेका छन् । हाल बारपाक सुलिकाेट गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष समेत रहेका कृष्ण बहादुर गुरुङ पार्टी सभापति हुने भएका छन् । गुरुङकाे पक्षमा अधिकाँश प्रतिनिधिहरु रहेकाले उनले जित हासिल गर्ने सम्भावना रहेकाे छ । यस पालिकामा सभापति निर्विराेध चयन हुने सम्भावना नरहेकाे सभापतिका प्रत्यासी एक सदस्यले बताए । जति मत आउँछ प्रतिष्पर्धा गर्छाैँ उनले भने ।

धार्चे गाउँपालिकामा गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङ पार्टी सभापति हुने भएका छन् । आगामि स्थानीय तहकाे निर्वाचनकाे उम्मेदवार समेत उनै रहने भएकाले काँग्रेसले गुरुङलाइ सभापति बनाउन लागेकाे स्राेतले जानकारी दिएकाे छ । काँग्रेस पार्टीकाे पक्षमा दृढ रहेका गुरुङ अहिले पनि धार्चे गाउँपालिका अध्यक्ष रहेका छन् ।

चुमनुब्री गाउँपालिका सभापतिमा सुर्य बहादुर गुरुङ निर्विराेध हुने भएका छन् । आफूसँग प्रतिष्पर्धा गर्छु भन्ने अहिले सम्म काेही पनि नदेखिएकाे उनले टेलिफाेनमा बताए ।

मतदाता नामावली प्रकाशन भएर दावी विराेधका काम समेत भैसकेका छन् । मनाेनयनका कुरामा जिल्ला पार्टी कार्यालयसँग समन्वय गरेर काम गर्ने निर्वाचन अधिकृत देव बहादुर महतले बताए । काँग्रेसका क्षेत्रिय प्रतिनिधिहरुले पालिका सभापतिलका लागि मतदान गर्नेछन् । प्रत्येक वडाबाट एक जना महिला अनिवार्य पर्ने गरी तीन जना, पालिकामा पदाधिकारी ७ जना,  २८ जना प्रत्यक्ष निर्वाचित गरी पालिकामा रहेका वडाकाे सँख्याका आधारमा सभापति सहितका समिति चयन हुने उनले बताए ।

काँग्रेसमा शेर बहादुर देउवा र रामचन्द्र पाैडेल पक्षका नेता तथा कार्यकर्ताहरु माथि देखि वडा तहसम्मै प्रतिष्पर्धामा रहेका छन् । सत्तामा देउवा रहेका कारण उनकाे पक्षमा धेरै प्रतिनिधिहरु देखिएका छन् । समावेशी तर्फका प्रतिनिधिहरु भने प्राय सबै निर्विराेध भएका छन् ।

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here