बारपाक सुलिकाेटमा पाँचौं बाह्रमुले मेला लाग्ने

बुधबार, कार्तिक ७, २०८१
0
186
फाइल तस्वीर

बारपाक सुलिकाेट,गाेरखा ।  जिल्लाकाे  बारपाक सुलिकोट गाउँपालिकामा–३ मा बाह्रमुले यूवा क्लवको आयोजनामा हरिबोधिनि एकादशी   पर्वका अवसर पारेर पाँचौं बाह्रमुले मेला लाग्ने भएकाे छ ।

मेलाका अवसरमा पाँचौं बाह्रमुले बृहत भलिवल कप – २०८१ समेत हुने भएको छ ।  अन्तर क्लव स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता गरिने क्लबका अध्यक्ष रिजन बिश्वकर्मले जानकारी बताउनुभयाे ।

ग्रामिण क्षेत्रककाे कलासँस्कृति जाेगाउन, अग्रजको बिस्वासलाई सम्मान, कला संस्कृति जोगाउँदै पर्यटन प्रबर्दन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ यहि कार्तिक २३ गते देखी २६ गते सम्म मेलाको आयोजना  हुने भएकाे हाे ।

हरिबोधनी एकादशीको अवसरमा  पहिलेदेखिनै बाह्रमुले मन्दिर परिसरमा मेला लाग्ने गरेकाे छ ।  मेलामा बाह्रमुले देबीसँग भाकल गर्ने, फुलको डोली तान्ने तोरण बान्ने, राती अनिदाे बस्ने, बत्ती बाल्ने, पशुपंक्षीको बली दिने पुजा गर्ने लगायतको प्रचलन रहँदै अाएकाे छ ।

मेला भर्नका लागि चितवन, तनहुँ, लमजुङ, धादिङ लगायतका स्थानबाट मानिसहरू आउने गर्दछन् । मेलाका अवसरमा भलिवल प्रतियाेगिता समेत हुनेछ । कार्तिक २२ गते सम्म टिम दर्ता गर्न सकिने खेलमा विजयी हुनेलाइ नगद, प्रमाणपत्र र मेडल प्रदान गरिने क्लवका अध्यक्ष विश्वकर्माले बताउनुभयाे । कार्यक्रम सहभागि हुनेहरूलाइ निशुल्क भाेजन तथा वासकाे समेत व्यवस्थापन अायाेजकले गरेकाे छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here