मङ्सिर २५, गोरखा । गोरखाका धार्मिक स्थलहरूमा लगाइएको निषेधाज्ञा हटेको छ । जिल्ला स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्रको बैठकले मङ्सिर २६ गतेदेखी निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
निर्णयसङ्गै जिल्लाका सबै धार्मिक स्थलमा भक्तजनहरुले पूजापाठ र प्रार्थना लगायतका गतिविधि गर्न पाउने भएका छन् । प्रसिद्द धार्मिक स्थल मनकामना मन्दिर र गाेरखकाली मन्दिर मङ्सिर २८ गतेदेखि खुलाउने तयारी स्थानीय प्रशासनले गरेकाे छ ।






