गाेरखा १६ माघ । नेपाल कम्युनिष्ट पार्टी सिरान्चाेक गाउँपालिका स्थित चित्रेपाेखरीमा आज नेकपाले जनप्रदर्शन गरेकाे छ । सिरान्चाेक गाउँपालिका भित्रका विभिन्न वडाबाट आएका नागरिकहरुले प्रधानमन्त्रीकाे कदमका विरुद्ध नारावाजी गरेका थिए ।

भेलालाइ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य लेखनाथ न्याैपाने, रामकुमारी झाक्री लगायतले सम्बाेधन गरेका थिए ।



नेकपा नेतृ केन्द्रिय सदस्य रामकुमारी झाक्रीले रास्ट्रपति विद्यादेवी भण्डारीलाइ शितल निवासबाट झरेर सिधै ओलि निवास बालकोट जान सुझाव दिएकी छन् ।
उनले भनिन् ‘ अव जनता सामु आउन इज्जत नरहेकोले अन्तिम उपाय बालकोट नै रहेको छ।प्रधानमन्त्रीको गोटि बनेर काम गरेकाले जनतासामु आउन मिल्दैन । ‘नेकपा सिरानचोक गाउपालिका कमिटीद्वारा आयोजित कार्यक्रममा नेतृ झाक्रीले सँसद पुनःस्थापना भै छाडने र केपि ओलिलाई जनताले घिसारेर सडकमा पुर्याउने दावी गरेकी छन्







