१
जिन्दगी धेरै नै छ छोटो।
बिर्सिदिन् हेर्दैछु म फोटो॥
२
बिहानीको उदाउँदो झुल्के घाम।
यो छातीमा सजाउँछु तिम्रै नाम॥
३
मगमग बास्ना चल्यो ईन्द्रकमल फूल
त्यो फूलमा भमरा भै कोहि पनि नभुल॥
४
झुटा कसम नखाएरै लाउँछु मैले माया।
नपत्याय बसिदेउन दिलको दायाँबायाँ॥
५
चिसो मौसम आयो भनि कहिल्यै नआतिनु।
धन दौलत सुख हुँदा कहिल्यै नमातिनु॥
पुर्ण बहादुर श्रेष्ठ “हृयङकृत” पनौती-३काभ्रे






