गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले मस्र्याङ्दीमा बाढी आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।
शनिबार प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मनाङको ङिस्याङ गाऊँपालिकाको हुम्डे भन्ने स्थानमा मस्र्याङ्दी नदि थुनिएको र हाल खोलिँदै गएकाले बाढी आउन सक्ने खतरा भएको जनाएको हो ।
प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सचेत रहन सूचना जारी गरेको छ ।

तनहुँ र मनाङ जिल्लाका प्रशासनले पनि सतर्क रहन आग्रह गरेका गरेका छन् ।





