रुईला नाका बन्दा हुँदा उत्तरी गोरखामा दैनिक उपभोग्य बस्तु महङ्गो

-


     मनासलु     
     भाद्र ११ गते २०७७ मा प्रकाशित


राजेन्द्र न्यौपाने
भदौ ११ गोरखा ।

हिउँदको समयमा हिउँका कारणले उत्तरी गोरखाको ल्हो, प्रोक, सामागाउँ, साम्दो, लि, सो, नामरुङ क्षेत्रका मानिसहरुले आफूलाई चाहिने घरायसी सामग्रीहरु कोङताङ बजार पुगेर किन्न पाएनन् ।

तिब्बत तर्फ समान लिएर जाँदै गाेरखाका झोप्पाहरू ।

हिउँ पग्लेर बाटो खुल्नु अगावै चीनले तिब्बत तर्फको नाका बन्द गरिदियो । अघिल्लो साल मंसिरको पहिलो साता देखि बन्द भएको नाका  आजका दिनसम्म खुल्न सकेको छैन ।

रूइला भन्ज्यांग नाका । फाइल तस्वीर

रुइला नाका हुँदै तिब्बतको कोङताङ बजार पुगेर उत्तरी गोरखाका माथिल्लो क्षेत्रका नागरिकहरुले हिमालयन क्षेत्रमा बसोबास गर्ने नागरिकहरुका लागि चाहिने दैनिक उपभोग्य बस्तुको आपुर्ती गर्दछन् ।

नाका नखुलेका कारण साम्दो सम्म नै सिर्दीवास नाका हुँदै दैनिक उपभोग्य बस्तु पुग्ने गरेको चुमनुब्री गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले बताईन । टाढा देखि समाग्री लैजानुपर्दा उपभोक्तालाई लागत धेरै पर्न गएको प्रोकबाट पेमा डुण्डुप लामा बताउँछन् ।

पुरानाे तिब्बत

भदौ, असोज र कात्तिक महिनामा वर्षेनी नाका खुल्दा समान ल्याउन सजिलो भएको थियो यस वर्ष खुल्ने नखुल्ने अन्यौल रहेकाले नागरिकहरु समस्यामा परेको उनले बताए ।

समान लिएर गाेरखा तर्फ आउँदै गरेकाे झोप्पा । फाइल तस्विर

कोरोना भाइरस संक्रमणका कारण बन्द भएको नाका परिस्थिति सहज भएसँगै खोल्नका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको भनाई छ ।