
विश्वव्यापी रूपमा कोरोना भाइरमस (कोभिड १९) ले पारेको असरमा आधारित रहेर गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको प्रस्तुतीमा लघु चलचित्र ‘कहर’ सार्वजनिक भएको छ। कोरोना र बन्दाबन्दीले सर्वसाधारण जनतालाइ कति बढि सास्ति पारेको छ भन्ने कथाबस्तु समेटिएको लघु चलचित्रको कथा आकाश अधिकारी लेख्नुभएको हो भने उक्त लघुकथाको निर्देशन समुन्द्र पौडेलले गर्नुभएको छ । कोरोनाका कारण विषेशगरी एउटा पत्रिका बितरकको परिवारमा देखा परेको समस्यालाइ विषयबस्तु बनाइएको लघु चलचित्रमा दिवाकर भट्टराइ, हरिश्चन्द्र वाग्ले, कल्पना घिमिरे, रामकृपा भण्डारी, रामचन्द्र पौडेल (रामु) लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ। लघु चलचित्रको छायांकन कोपिला सुनारले गर्नुभएको छ ।
भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोला।




