गोरखामा एकैदिन १२ कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा हट्यो

-


     मनासलु     
     भाद्र १४ गते २०७७ मा प्रकाशित


राजेन्द्र न्यौपाने
भदौ १४ गोरखा ।

आइतबार एकै दिन गोरखामा १२ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या नहुँदा निषेधाज्ञा रहेको गोरखामा संक्रमितको संख्या थपिएसँगै निषेधाज्ञा भने हटेको छ । जिल्ला प्रशासन कार्यलयले विज्ञप्ती जारी गरी जिल्ला भित्र सवारी सञ्चालनलाई सहज बनाएको छ ।

पमुख जिल्ला अधिकारी तिर्थराज अधिकारीबा आज जारी अत्यन्त जरूरी सूचना ।

थपिएका संक्रमितहरुमा गोरखा नगरपालिका १३ का १० जना, वडा नं. १० का १ जना र वडा नं. ८ का १ जना रहेका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

जिल्लामा निषेध किन र कहिले गर्ने भन्ने जानकार पक्षहरु नरहेकाले उल्टो गतिमा जिल्ला दौडेको नागरिक समाजका एक सदस्यले मनासलु डटकमलाई बताए । यस अघि संक्रमितकाे संख्या १ जना रहँदा  गाेरखा जिल्लामा २ हप्ता पूर्ण लकडाउन भएकाे थियाे ।

गोनपा १३ मा तीन जना महिला र सात जना पुरुषलाई संक्रमण देखिएको हो । संक्रमित हुनेमा ३८, ४३, ४५, ३२,२३,४३, ३० वर्ष उमेरका पुरुष छन् भने ५, ७५ र २५ वर्षका महिला छन् । गोनपा १० मा संक्रमण पुष्टि भएका ५५ वर्षिय पुरुष हुन ।