सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन ,आन्तरिक हवाइ उडान र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले लामो तथा छोटो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको हो ।
यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि यातायात र शिक्षण संस्था स्थगनलाई गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले भदौ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।सरकारले अन्तर्राष्ट्रिय उडान भने यही भदौ १६ गतेदेखि सर्तसहित सञ्चालन गर्ने अनुमति दिइसकेको छ
यस्तै मन्त्रिपरिषद्को बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय समेत गरेको छ । साे बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूत समेत नियुक्त गरेको छ ।






