
छुटाई माया दुखायौ मन, तिमीलाई बधाई छ
खुशी रहनु सारा जीवन, तिमीलाई बधाई छ
हिजोसम्म माया गर्छु भनी, मिठो कुरा गर्यौ
आज बन्यौ अरुकै धड्कन,तिमीलाई बधाई छ
माया मैले गरेकै थिएँ,कसम पनि खाएका थियौँ
तोडेर गयौ बाचा बन्धन, तिमीलाई बधाई छ
मैले माया दिए साथ पनि, दिन खोजेको थिएँ
बदलामा पठायौ कफन, तिमीलाई बधाई छ
माया गर्ने दिल टुटाई, पीडा थपि साथ छोड्यौ
हाँसीहाँसी रुवायौ झन, तिमीलाई बधाई छ
दिवश श्रेष्ठ‘हाकु‘
तनहुँ




