
प्रयोगशालामा स्वाव व्यवस्थापन गर्दै स्वास्थ्य शाखाका कर्मचारीहरु ।
भदाै १५, गोरखा ।
गोरखामा पछिल्लो चरणमा कोरोना पुष्टी भएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम शूरु भएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ का संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ शुरु भएको हो।
नगरपालिकाले सोमबार देउरालीका ४६ जनाको स्वांब लिइएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए । नगरपालिका भित्र कोरोना संक्रमित आजपनि थपिएकाले संक्रमितलाई आइसोलेसनमा ल्याउने व्यवस्था गर्नुपर्ने भएकाले अन्यको कन्ट्रयाक्ट ट्रेसिङ बाँकी रहेको उनकाे भनाइ छ । बाँकी रहेकाहरुको मंगलबारदेखि स्वांब संकलन थालिने अर्यालले बताए ।




