सन्तानले देख्न नपाउँदै आमाकाे निधन

-


     मनासलु     
     भाद्र १८ गते २०७७ मा प्रकाशित


काब्य अस्पताल जनकपुरमा जन्मिएका चार शिशु ।

जनकपुर

चार सन्तानलाइ एकैपटक जन्म दिएकी २२ वर्षीया अरमाना खातुनकाे निधन भएकाे छ । खातुनकाे उपचारकाे क्रममा मंगलबार काब्या अस्पताल जनकपुरमा निधन भएकाे हाे ।  जोगियाराकी एक मुस्लिम महिलाले चम्ल्याहा बच्चा जन्माएकी थिइन । शिशुहरूले आमा देख्न नपाउँदै उपचारकाे क्रममा आमाकाे निधन भएकाे हाे ।

विदेह नगरपालिका ७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार राती काब्या अस्पतालमा चम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।

चार सन्तान एकैपटक जन्माउने अवस्थालाइ निकै दुर्लभ घटना मानिन्छ । अरमानाले ३ छोरी र १ छोरा जन्माएकी हुन् । शिशुहरूमध्ये छोराको तौल १ किलो ५०० ग्राम र छोरीहरुको तौल १ किलो २५० ग्राम रहेको अस्पतालले जनाएको छ ।

जन्मिएकामध्ये तीन शिशु स्वस्थ छन् । एकको अवस्था अस्थिर छ । त्यस्तै गरी अरमाना अवस्था पनि गम्भिर रहेको अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।