प्रदेश मुख्यमन्त्री गुरुङद्वारा ढोरपाटनमा बाढीपहिरोले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त

-


     मनासलु     
     भाद्र १८ गते २०७७ मा प्रकाशित


भदाै १८ पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको ढोरपाटनमा गएको बाढीपहिरोले पुर्याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका  छन ।

उनले आज एक वक्तव्यमा जारी गरी ढोरपाटन नगरपालिकाको भुजी खोलामा बुधबार राति आएको बढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन।

“सङ्कटको यस घडीमा खोजी, उद्धार तथा उपचारमा खट्नेप्रति धन्यवाद व्यक्त गर्दछु”, उनले वक्तव्यमा भनेका छन, “बाढी पहिरोमा परी बेपत्ताको खोजी कार्य, प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहको ध्यानार्कषण गराउँदै प्रदेश सरकारले आवश्यक सहयोग प्रदान गर्नेछ ।”

नगरपालिकाको ७, ८ र ९ वडाको तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा हालसम्म मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । यस्तै बाढीमा बेपत्ता हुनेको सङ्ख्या ४१ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दश जनाको शव क्षत्विक्षतरुपमा फेला परेका कारण पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्षति पुर्याएको छ ।

 

लोकप्रिय

सबै हेर्नुहोस

बागलुङको बाढीपहिरो घटनाप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

भारतमा एकै दिनमा ८४ हजार सङ्क्रमित

भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा

कास्कीमा पाडापाडी र बाच्छी हुर्काउन कृषकलाई अनुदान

चितवनमा काेराेना महामारीः सरकारीमा चाप बढेपछि निजीमा पठाइयो

नेपाली क्रिकेटकाे प्रमुख प्रशिक्षक खाेज्दै क्यान