आजको मौसम

भदाै २७ गाेरखा । आज देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विहान मापन गरिए अनुसार सिन्धुपाल्चोकको गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा विगत ६ घण्टामा ठुलो बर्षा भएको छ । बलेफि जलविरेमा जलसतह सतर्कता बिन्दुमा पुगेको छ भने बढ्दो क्रममा रहेको छ ।
भोटेकोशी, ईन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका साना नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै त्यस आसपासका क्षेत्रमा पहिरोको जोखिम रहेको छ भने तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै आज राती देशभर आंशिकदेखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।





