
माघ १३, गोरखा । कोरोना भाइरस विरुद्धको खोप गोरखा आइपुगेको छ । प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रले विशेष प्रकारको रेफ्रिजेरेटरमा राखेर खोप मंगलवार स्वास्थ्य कार्यालय गोरखामा ल्याएको हो ।
केन्द्रका कोल्ड चेन निरिक्षक हिमलाल सुवेदीले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई खोप र भट्टराईले स्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन निरिक्षक ऋषिराम खत्रीलाई हस्तान्तरण गरे । काेराेना भाइरस विरुद्धकाे खाेप चाडैनै जिल्लामा आएकाेमा स्वास्थ्य शाखाका कर्मचारीहरु खुशी देखिन्थ्ये ।
प्रदेश सरकारले दिएकाे पहिलाे चरणका लागि २ हजार १० डोज खोप गोरखा ल्याएको हो ।
पहिलाे चरणमा खाेपा लगाएकाहरुलाई २८ दिन मा अर्काे चरणकाे खाेप लगाउनु पर्ने स्वास्थ्य कार्यालयका कोभिड फोकलपर्सन नारायणबाबु अर्यालले बताए । गोरखाका १५ शय ८९ स्वास्थ्यकर्मी सहित १७ शय ८९ जनालाई खोप लगाइने तयारी छ स्वास्थ्य कार्यालय गाेरखाकाे रहेकाे छ ।





