गाेरखामा याे वर्ष १४ कराेड मूल्य बराबरकाे लिचि बिक्री

शुक्रबार, जेष्ठ २८, २०७८
0
339
पाकेकाे लिचि : तस्वीर राजेन्द्र न्याैपाने

च्याङ्ली, गाेरखा । लिचिकाे पकेट क्षेत्रकाे रुपमा रहेकाे गाेरखा जिल्लाकाे पालुङ्टार नगरपालिका वडा नम्बर ६,७ र ८ बाट याे वर्ष १४ कराेड भन्दा बढि मूल्यकाे लिचि विक्री हुने भएकाे छ । याे वर्ष असिना पानि नपरेका कारण लिचिकाे फल राम्राे रहेकाे किसानहरुले बताएका छन् ।

तराइका लिचि सकिएकाे र पहाडी क्षेत्रका लिचि पाक्ने समय नभएकाे माैका पारी लिचिका ठेकेदारहरु यतिबेला च्याङ्ली क्षेत्रमा प्रवेश गरेका छन् ।

यहाँका एउटै किसानले ४०० बाेट सम्म लिचिकाे बगैँचा बनाएका छन् । च्याङ्ली ८ का किसान रामकुमार श्रेष्ठले भने, मेराे बारिमा १८२ वटा रुख छन् । याे वर्ष मैले १० लाख मूल्यमा ठेक्का दिएकाे छु । आज ८ दिन भयाे दैनिक १ गाडी टिपेर लगेका छन् । बगैँचाका लिचि सकिन कम्तीमा पनि अझै २० दिन लाग्ने उनले बताए । यतिबेला यहाँकाे लिचिकाे मूल्य राम्राे रहेकाे उनलेब बताए ।

पालुङ्टार ८ का किसान रामकुमार श्रेष्ठकाे बारिमा फलेकाे लिचि : तस्वीर राजेन्द्र न्याैपाने

कृषि सेवा कार्यालय पालुङ्टारका प्रमखु छन्द कुमार श्रेष्ठका अनुसार २०७६ सालमा पालुङ्टार क्षेत्रबाट ११ कराेड मूल्यकाे लिचि विक्री भएकाे थियाे । २०७७ मा गणना गरिएन । याे वर्ष केही दिन अघि किसानहरुकाे भेला गरेर कसले कति मूल्यमा विक्री गरेकाे छ भनेर जानकारी लिदा १४ कराेड भन्दा धेरै मूल्यकाे लिचि विक्री हुने देखिएकाे उनले बताए । याे वर्ष असिना नपरेका कारण लिचि फल राम्राे रहेकाे र किसानहरुले धेरै मूल्य लिने उनले बताए ।

मनकामनाकाे सुन्तला नेपाली बजारमा जसरी प्रख्यात छ पालुङटारकाे लिचिकाे बजार पनि त्यत्तिकै स्थापित रहेकाे किसानहरु बताउँछन् । पालुङटारकाे लिचि भनेसी ग्राहकहरुले सजिलै खरिद गर्ने गरेकाे डुम्रे बजारमा लिची विक्री गर्दै आएकी मनमाया कुमालले बताइन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here