
थुनिएर खुल्दै गरेकाे बुढी गण्डकी नदि ।
गाेरखा । बुढीगण्डकी नदिकाे यारुबगर फेदीमा ठूलाे पहिराे खसेकाे छ । पहिराेका कारण आधा घण्टा सम्म गण्डकी थुनिएकाे स्थानीयले जानकारी दिएका छन् । अहिले गण्डकी बगेकाे छ । तर जति बग्नु पर्ने हाे त्यति नबगेका बगेकाे छैन स्थानियले भने । पहिराे खसिरहने क्षेत्र भएकाले जाेखिम भने नटरेकाे कमल कार्कीले बताए ।
गएराति ताल परेकाे थियाे पछि खुल्याे उनले भने । थुनिएर ताल बन्याे भने यारुबगरकाे गाउँ र तल्लाे क्षेत्रमा असर पुग्ने उनले बताए । पानी परेका समय सचेत रहनुकाे अर्काे विकल्प नभएकाे कार्कीकाे भनाइ छ । फाेन पनि राम्ररि लागेकाे छैन , डाँडामा चढेकाे बेला घरिघरि टिप्दाे रहेछ उनले भने ।





