उत्तरी गाेरखामा फाेन सम्पर्क विच्छेद

-


     मनासलु     
     असार ३ गते २०७८ मा प्रकाशित


साँकेतिक टावर

गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिका केन्द्र फिलिममा फाेन सम्पर्क विच्छेद भएकाे छ । फिलिममा रहेकाे जिएसएम टावरले काम नगरेपछि त्यस क्षेत्रका नागरिकहरुसँग सम्पर्क हुन सकेकाे छैन ।

इन्टरनेटकाे सम्पर्कमा आएका स्थानीयले भने फाेन लाग्ने गरी टावर निर्माणका लागि टेलिकमलाइ जानकारी दिनुपर्याे । टेलिकम गाेरखाले भने सर्भरमा समस्या भएकाे र अहिले समाधान समेत भएकाे जनाएकाे छ ।

घाम नलागेका कारण र त्यहाँ साेलारमा समस्या भएका कारण नचलेकाे हुन सक्छ । हाम्रा प्राविधिकहरु गाउँमा नै हुनुहुन्छ भाेलि सम्म समस्या समाधानकाे प्रयास गर्छाैँ । घाम नलागे पावर पुग्दैन टेलिकम गाेरखाका प्राविधिकले भने ।