गाेरखामा असार १२ गते सम्म निषेधाज्ञा

-


     मनासलु     
     असार ४ गते २०७८ मा प्रकाशित


असार, ४ गाेरखा । गोरखा जिल्लामा असार १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकको निर्णय अनुसार भोलि राती १२ बजेदेखि थप हुने गरि पुनः ७ दिन निषेधाज्ञा थप गरिएको हो ।

जिल्लामा गएको बैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरि यो पाँचौ पटक थप गरिएको हो । चौथो पटक थपिएको निषेधाज्ञाको अबधि शनिबार राती १२ बजे सकिदैछ । जिल्ला भित्र कोरोना संक्रमण संक्रमण रोकथाम, न्युनिकरण र व्यवस्थापनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिए ।

बैठकले निषेधाज्ञाको अबधिमा दैनिक उपभोग्यबस्तु, खाद्यान्य, तरकारी, दुध तथा माछा, मासु, कृषिजन्य बिउबिजन मल पशुपन्छीको दाना बिक्री गर्ने पसल र वर्कसप भने अबदेखि बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ । यसअघि ९ बजेसम्म मात्र त्यस पसलहरु सञ्चालन गर्न दिइएको थियो ।