१५ साहित्कारका १५ टुक्का कविता

-


     मनासलु     
     असार ५ गते २०७८ मा प्रकाशित


१.
काेरनाकाे माहमारीले घर भित्रै थच्च्यायाे,
प्रकृतिले झन पीडा थप्दै ताण्डव मच्चायाे ।
२.
लुटेर लग्याे सबै कुरा बाढी पसेर,
बेघर भई आँशु झरें एक्लै बसेर ।
– ताराप्रसाद चापागाईं


धेरैले मन पत्थर भन्दा पनि साह्रो राख्दछ,
मलाई भने जन्मेको देश अति प्यारो लाग्दछ ।

घरिघरि सम्झना नदी बनि बहेछ,
बर्षौंसम्म जीवन साथी बन्न रहेछ।
-पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

टुक्का कविता

न बजे मुरली नत ताल चुने
न लगाव बने न पुराण सुने ।

नव शासनमा छ नयाँ तरिका
छ विचित्र यहाँ जमना थरिका ।
– ऋषिराम खनाल


जसले आफ्नो मातृत्वको रक्षा गर्छ,
त्यो यो देशको नागरिक हुनु पर्छ।

प्रत्येक घटना आउँछ पाठ पढाउँछ,
जब ठोक्कर लाग्छ मनभित्र गढाउँछ।
– सुरेशकुमार पान्डे


वर पिपल बिनाको भयो जीवन चौतारी,
आलोपालो बन्नै पर्ने,रहेछ सबै उतारी।

गुन्द्रुक सरि भएको छ, याद तिम्रो खाँदिएर,
घिटिघिटी भै सक्यो हेर,ज्यान मेरो आधिएर।
-चिरञ्जीवी ढकाल,
ने ग उ म न पा-२०
राँझा एयरपोर्ट बाँके


जनजीवन बाढीले बगायो,
बाँच्नेलाई नि पिरलो बनायो !

राजनीतिको फोहोर ठस्स गनायो,
सुन्दर देशलाई तन्नम बनायो!
– चन्द्र खत्री, ललितपुर

बनाउने छु तिमीलाइ मनकी रानी,
हाेस् हाम्रो पिरती कुनै एउटा कहानि।

अधारातमा आज बटुवा आयाे,
पाल टाँगी खिचडी बनाइ खायाे।
दीपा मग्राती,
सुनसरी चतरा

टुक्का

सम्झनामा अटेकी छौ, भुल्नै नसक्ने गरी,
तिम्रो यादमा छु -छैन भनिदेऊ ए परी ।

आर्यघाटझैँ सुनसान मनको यो बस्ती,
आऊ जीवन रङ्गाऊ तिम्ले जबरजस्ती ।
वसन्त अनुभव,
घोराही १४, दाङ

१.
हिँडेका जाेसिला ति पाइलाले गन्तव्य भेट्नुछ
देशको मुहार उज्ज्वल पार्ने तिर्सना मेट्नुछ।
२.
जनतालाई दुई छाककाे खाने खाेज
नेतालाई मात्र सत्ता र भत्ताको मोज।
दुर्गा भट्टराई ,मोरङ

||०१||
अन्तर ह्रदयको शान्ति,
मुहारमा देखिने कान्ति।
||०२||
झरना खोला सँगै चरा चुरूङ्गी राम्रो,
सुन्दर सन्तुलित ~ वातावरण हाम्रो।

अरूण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,पश्चिम बंगाल


लगन गाँठो कसे पछि मोटाइछेऊ ड्याम्मै,
प्रियतमको मायाले त अघाइछेऊ झ्याम्मै।

खोजेको छु लेख्न भावना मिलाइ शुद्धाशुद्धि।
पुरै सफल हुनलाई त पुग्या छैन बुद्धि।
– राजेश भट्टराई


हाँसेर टल्किने दन्त मोती,
रून्छे ऐले चाउरेकी थोती।

भएछ बोली बोल्दा उन्को तोते,
सुहाउँछ बरु गलामा पोते ।
– हाेमप्रसाद न्याैपाने, धरान

 


चाहँदैन काल कोही जबर्जस्ती नै त्यो आउँछ।
शिकार बन्दछ मानव वैकुण्ठ वास पाउँछ ।

देखिन्न रूप छ कस्ताे हिड्दछ अदृश्य बाटाेमा ।
टिप्दछ टप्प चुँडेर मिलाउँछ धर्ती माटाेमा ।
– त्रिलाेचन भण्डारी, झापा

/१/
हेला मात्र गर्छ नारीलाई बारम्बार,
आफ्नै जिन्दगी सम्झिँदा नि लाग्छ धिक्कार।
/२/
नारी छर चलेको छ सृष्टि सारा,
लिन्छिन् दुःख,पीडा सबै अभिभारा।
लालीमाया थापा मगर, प्यूठान


हेरिरहने आँखाको गाजलमा
मन गयो त्यो काँधको आँचलमा

तारा आउँदा मुस्काउँछिन् अधेरी
मन मान्दैन तिमीलाई नहेरी
विक्रम वली ” नेपाली बाबु ”
घोराही -११- दाङ