आवाज विहिनहरुकाे आवाज रेडियाे मनासलु १०३ थाेप्लाे ९ मेगाहर्जमा बज्रियाे चट्याङ

-


     मनासलु     
     असार ५ गते २०७८ मा प्रकाशित


गाेरखा ।आवाज विहिनहरुकाे आवाज रेडियाे मनासलु १०३ थाेप्लाे ९ मेगाहर्जमा चट्याङ परेकाे छ ।  गएराती परेको चट्याङका कारण जिल्लाको सामुदायिक रेडियो, रेडियो मनासलु १०३.९ मेघाहर्जको युपिएस, मिस्चर लगाएत विभिन्न उपकरणमा क्षति पुगेको इस्टेशन म्यानेजर दिपक श्रेष्ठले बताए  ।

उपकरणमा क्षति पुगेकाले गएराती ९ बजेदेखि नै रेडियोको प्रशारण अबरुद्द भएकाे उनले बताएका छन् । अबरुद्ध प्रसारण तत्काल सन्चालनका लागि निरन्तर प्रयास गरिरहेका र  प्राकृतिक बिपत्तिबाट रेडियो स्टेसनमा क्षति भइ प्रशारण रोकिन गएकोमा हामी हाम्रा सुम्पर्ण स्रोता महानुभावहरु प्रति क्षमा मागेका छन् ।

रेडियाेले समाजमा अन्यायमा परेकाहरुकाे पक्षमा निरन्तर बाेल्दै आएकाे थियाे ।