
गोरखा । जिल्लाकाे चुमनुव्री गाउँपालिका-३ सल्लेरीका बाढी पीडितलाई जिल्ला प्रशासन कार्यालय गाेरखाले नगद राहत प्रदान गरेकाे छ । घर गुमाएका ४ परिवारलाइ ३० हजार र विस्थापित भएका २२ परिवारलाइ १५ हजारका दरले कूल चार लाख ५० हजार नगद प्रदान गरेकाे छ । हेलिकप्टरमार्फत टेन्ट र खाद्यन सहितका राहत सामग्री पुर्याइएको छ ।
सिम्रिक एयरमार्फत ७ टिप सामग्री सल्लेरी लगिएकाे जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
‘सल्लेरीका पीडितका लागि ३० थान साउदी टेन्ट, ४८ बोरा चामल -प्रतिबोरा ३० किलो), १२० केजी दाल, ६० लिटर तेल र १०० किलो नून छ,’ ‘हेलिकप्टरमार्फत ढुवानी भएकाे उनले बताए ।





