बेनी स्थित बाल जागृतिका प्रधानाध्यापक भक्त बहादुर आइतबारदेखि सम्पर्क विहिन

-


     मनासलु     
     असार ७ गते २०७८ मा प्रकाशित


भक्त बहादुर कार्की

म्याग्दी । बेनी नगरपालिका वडा नम्बर ५ वगुवाखाेलामा रहेकाे बालजागृति आधारभूत विद्यालयका प्राधानाध्यापक भक्त बहादुर कार्की आइतबारदेखि सम्पर्क विहिन भएका छन् ।

उनले लगाएकाे पाेशाक माेवाइल र पाेशाकमा रगतका टाटा समेत स्कुल नजिकै भेटिएकाे प्रहरीले बताएकाे छ । उनलाइ कुटपिट गरी बेपत्ता पारेकाे हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान रहेकाे छ ।