
KATHMANDU, NEPAL: Nepalese human rights activists and relatives of people who allegedly disappeared while in the custody of the security forces or are held captive by Maoist rebels, display photographs of the missing persons during a demonstration in Kathmandu, 18 December 2003. The demonstrators demanded that both the governemnt and Maoist rebels make public the whereabouts of the missing persons who currently number around 3,000. AFP PHOTO/Devendra M SINGH (Photo credit should read DEVENDRA M SINGH/AFP/Getty Images)
गाेरखा । आज बलपुर्वक बेपत्ता पार्ने कार्य विरुद्धकाे ११ औँ अन्तराष्ट्रिय दिवस अर्थात अगष्ट ३० का दिन हाे । सन १९८१ मा ल्याटिन अमेरिका स्थित काेस्टारिकाबाट याे दिवस मनाउन थालिएकाे हाे । सँयुक्त राष्ट्र सँघकाे महासभाबाट सन सन् १९९२ डिसेम्बर १८ काे प्रस्ताव ४७।१३३ द्वारा जारी बलपूर्वक बेपत्ताबाट सबै व्यक्तिकाे बचाउ गर्ने सम्बन्धी घाेषणापत्रलाइ पारित गर्दै बलपूर्वक बेपत्ता पारिनबा६ सबै व्यक्तिहरुकाे सँरक्षण सम्बन्धि अन्तराष्ट्रिय महासन्धि २००६ जारी भएकाे हाे । नेपालमा २०६७ देखि याे दिवस मनाउन थालिएकाे छ ।
गाेप्य तबरले थुनामा राख्ने वा बेपत्ता बनाइने कार्य मानव अधिकारकाे ठाडाे उल्लघँन हुने व्याख्या मानव अधिकारीकाे विश्वव्यापि घाेषणापत्र १९४८ ले गरेकाे छ ।
नेपालमा हाल सम्म रेडक्रसकाे अन्तराष्ट्रिय समिति (आइसिआरसी) का अनुसार एक हजार तीनसय २९ जना नागरिकहरु बेपत्ता पारिएका छन् । गाेरखा जिल्लाका ३१ जना नागरिकहरु बेपत्ता रहेका छन् । नेपालमा सशस्त्र द्वन्द्वकाे क्रममा राज्यपक्षबाट धेरै सँख्यामा नागरिकहरु बेपत्ता पारिएका छन् ।
२०६३ साल मँसिर ५ गते विस्तृत शान्ति सम्झाैतामा राज्य र विद्राेही पक्षद्वारा बेपत्ता पारिएका व्यक्तीकाे अवस्थाका बारेमा ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारलाइ जानकारी गराउने भनि गरिएकाे प्रतिबद्धता भने आज सम्म पूरा भएकाे छैन ।
द्वन्द्का समयमा बेपत्ता पारिएका व्यक्तिकाे छानविनका लागि गठित आयाेगमा दुइ हजार ८६४ उजुरी परेकाे छ । त्यसकाे छानविन नहुँदा आफ्ना परिवार फर्केर आउने प्रतिक्षामा रहेका नागरिकहरु अझै बाटाे कुरिरहेका छन् ।





