
धादिङ । करेन्ट लागेर पोखरा र स्याङ्जाको दुई जनाको धादिङमा मृत्यु भएको छ ।
जिल्लाको गजुरी गाउँपालिका–५ बञ्चरे धारापानी भन्ने स्थानमा एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु हो ।
वर्षाका कारण पहिरोले रुख ढलेर छिनेको तार बनाउन जाने क्रममा विद्युत प्राधिकरणको राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल र स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र रहेका छन् भने घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन् ।
घाइतेको उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।





