
गाेरखा। जिल्लाकाे शहिदलखन गाउँपालिका ९ स्थित नाम्जुङमा निर्माण गरिएको राधाकृष्ण मन्दिरको उद्घाटन भएकाे छ ।
स्थानीय युवाहरुको विशेष पहलमा निर्माण गरिएको मन्दिर कृष्णअष्ट्मीको दिन पारेर सोमवार उद्घाटन गरिएको हो । स्थानीय ८० वर्षीय राम प्रसाद लामिछाने र ९० वर्षीय रेवती माया लामिछानेबाट सयुक्त रुपमा मन्दिरको उद्घाटन गरिएको स्थानीय रमेश लामिछानेले जानकारी दिए । गाउँकै सबैभन्दा वृद्धबाट मन्दिर उद्घाटन गरिएको हो ।
साम्सद विकास कोषको ५ लाख र स्थानीयको २० लाख गरी करिव २५ लाखको लागतमा उक्त मन्दिर निर्माण गरिएको लामिछानेले जानकारी दिए ।
स्थानीय युवाहरुको सक्रियतामा मन्दिर निर्माण हुन प्रशंसायोग्य कार्य भएको स्थानीय धिरज लामिछानेले बताए । कार्यक्रममा स्थानीयले फुलको ढोलीसहित मन्दिर परिसरमा भजन समेत प्रस्तुत गरेका थिए ।





