
गाेरखा । शहिदलखन गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ मा कुल बजेकाे ७६.१९ प्रतिशत खर्च गरेकाे छ । चालु बजेट तर्फ ८६.६४ र पूँजीगत तर्फ ५९.५९ प्रतिशत खर्च भएकाे गाउँपालिकाले जनाएकाे छ ।
कुल ६६ कराेड ४९ लाख ९६ हजार ३२२ रुपैयाँमा ५० कराेड ६६ लाख ७० हजार सैँतिस रुपैयाँ खर्च भएकाे हाे । खर्च हुन नसकेकाे बजेट गाउँ पालिकाकाे प्रशासनीक भवन र पालिका स्तरीय स्वास्थ्य चाैकीकाे रहेकाे प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले बताए । कानुनी प्रक्रिया,माैसम र जग्गा प्राप्तिका कारण बजेट समयमा खर्च हुन नसकेकाे उनकाे भनाइ छ ।
चालु वर्षकाे पहिलाे चाैमासिकमा १९.७७ प्रतिशत खर्च भएकाे पालिकाकाे तथ्याङ्कले देखाएकाे छ ।
| क्र.सं. | विवरण | कुल विनियोजित बजेट | कुल खर्च | खर्च प्रतिशत |
| १ | चालु खर्च | ४०,८१,११,३२२ | ३५,३५,८३,८५२ | ८६.६४ |
| २ | पूजीगत खर्च | २५,६८,८५,००० | १५,३०,८६,१८४ | ५९.५९ |
| ३ | जम्मा | ६६,४९,९६,३२२ | ५०,६६,७०,०३७ | ७६.१९ |






