अदालत र कर्मचारी प्रशासनकाे पुर्नसँरचना गर्नु जरुरी छ : साँसद अधिकारी

-


     मनासलु     
     मंसिर ९ गते २०७८ मा प्रकाशित


गाेरखा । जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ का साँसद हरीराज अधिकारीले न्यायलय क्षेत्र र कर्मचारी प्रशासनकाे पुर्नसँरचना नहुँदा देशमा अहिले न्यायलयमा समस्या देखिएकाे बताउँदै यसकाे पुर्नसँरचना जरुरी भएकाे बताएका छन् ।

जिल्लाकाे शहिललखन गाउँपालिका स्थित बहुउदेश्यिय भवन उद्घाटनकाे लागि आज गाेरखा आइपुगेका साँसद अधिकारीले सेनाले राज्यकाे सँरचना बुझेकाे कारण त्यहाँ भित्र समस्या नरहेकाे बताए । न्याय क्षेत्र र कर्मचारी प्रशासनकाे पुर्नसँरचना बारे पहिल्यै कुरा चलेपनि याे विस्तारै गर्ने भन्दा अहिले समस्या देखिएकाे बताए । कर्मचारी क्षेत्रमा अझै समस्या देखिन सक्ने उनले बताए ।

एकपटक न्यायधिश भएपछि उसलाइ राज्यले जीवनभर पालनपाेषण गर्नुपर्ने र कुनैपनि विषयमा मुद्दा लगाउन नपाइने विषय भएका कारण यस्ता विषयहरु हटाउनुपर्ने उनले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी प्रसाद बरालले गण्डकी प्रदेशका ८५ वटा गाउँपालिकामा शहिदलखन गाउँपालिका बेरुजु कम हुनेमा प्रथम हुन सफल भएकाेमा बधाइ दिँदै यस पालिकाकाे चाैतर्फि विकासका लागि आफूले काम गर्ने बताए । पालिकालाइ नमुना बनाउन सबैले डटेर काम गर्नुपर्ने उनले बताए ।

गाउँपालिका अध्यक्ष रमेश थापा मगरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली काँग्रेसका खुन प्रसाद रेग्मी, माअाेवादी केन्द्रका ध्रुव खनाल, ;जसपा पार्टीका मनाेज श्रेष्ठ, वडा अध्यक्षहरु गणेश थापा, कृष्ण चेपाङ, दिलिप नारायण श्रेष्ठ, शरण श्रेष्ठ, राम प्रसाद लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पालिकाले ४ वटा आर्थिक वर्षमा उत्कृष्ट काम गर्ने २५ जना कर्मचारी र समयमै कार्य सम्पन्न गर्ने निर्माण व्यावसायीहरुलाइ सम्मान  गरेकाे छ ।

सम्मान भएपछि सामूहिक तस्विर खिचाउँदै शहिद लखन गाउँपालिका भित्रका कर्मचारीहरु । तस्वीर राजेन्द्र न्याैपाने