
गाेरखा । गण्डकी प्रदेशकाे नमुना गाउँपालिका उन्मुख गाेरखा जिल्लाकाे शहिदलखन गाउँपालिकाले पालिका भित्रका विभिन्न वडामा रहेर लामाे समयदेखि सेवा गर्दै उत्कृष्ठ काम गर्दै आएका श्रेणि विहिन ६ जना कर्मचारीहरुलाइ नगद २५ हजार सहित उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेकाे छ ।
उत्कृष्ट कर्मचारी पुरस्कार पाउने श्रेणी विहिन कर्मचारीहरुकाे विवरण निम्नानुसार रहेकाे छ ।
शर्मिला गुरुङ्ग (कार्यालय सहयोगी, शहिद लखन गाउँपालिका)
राजु श्रेष्ठ (कार्यालय सहायक, वडा नं. ३)
मम् बहादुर थापा (कार्यालय सहयोगी, वडा नं. ४)
मिन बहादुर परियार (कार्यालय सहयोगी, वडा नं. २)
मेख बहादुर भट्ट (कार्यालय सहयोगी, वडा नं. १)
रुद्र राना (कार्यालय सहायक, वडा नं. ७)





