
गाेरखा । सँघीय सँरचना निर्माण पछि नेपालमा पहिलाे पटक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाइ उत्कृष्ट कर्मचारीका रुपमा विशेष पुरस्कार सहित सम्मान प्रदान भएकाे छ । गण्डकी प्रदेशका ८५ वटा गाउँपालिका मध्ये बेरुजु फछाैटमा पहिलाे भएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सम्मानित भएका हुन् । अधिकृत जीवन बहादुर आले सँगै लेखा अधिकृत सन्ताेष लामिछाने,सिनियर हेल्थ असिस्टेन्ट स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठ, कोभिड फोकल पर्शन विरेन्द्र श्रेष्ठ,ल्याब टेक्नीसियन कञ्चना थापा मगर विशेष पुरस्कार सहित सम्मानित भएका हुन् ।
उनीहरुलाइ सँघीय साँसद हरीराज अधिकारी र गण्डकी प्रदेशका अर्थमन्त्री राम्जी प्रसाद बरालले सँयुक्त रुपमा सम्मान गरेका हुन् ।
उनीहरुलाइ विशेषा सम्मानपत्र, दाेसल्ला र नगद रु तीस हजार सहित सम्मान गरिएकाे गाउँपालिका सूचना अधिकारी हिमलाल चापागाइँले बताए ।
प्रमुख प्रशासकीय अधिकृत आले शहिद लखन थापाका बारेमा शुक्ष्म खाेज अनुसन्धान समेत गर्दै आएका छन् । लखन थापाका बारेरमा उनले पाण्डुलिपि समेत तयार गरेका छन् ।





